बिकल्पबिना सुकुम्बासी बस्तीमा डोजर चलाउन दिने आदेश अन्यायपुर्ण : रेड फोर्स
काठमाडौं । चुनावी प्रतिवद्धता विपरित राष्ट्र स्वतन्त्र पाटि अगाडि बढेको जेनजी रेड फोर्सले ठहर गरेको छ । रास्वपाका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहले सुकम्बासी वस्तीमा डोजर चलाउन दिएको आदेश रास्वपाको चुनावी प्रतिवद्धता विपरित रहेको रेड फोर्सले ठहर गरेको हो ।
जेनजी रेड फोर्सकी संयोजक स्मृति तिम्सिनाले जारी गरेको एक विज्ञप्तिमा सरकारको अमानवीय निर्णयको घोर भत्र्सना गरेको छ । विज्ञप्तिमा निर्वाचनका बेला भोटका लागि ‘हामी सुकुम्बासी हटाउँदैनौँ, बरु डोजर चले आफैँ छाती थाप्न आउँछौँ’ भन्ने नेताहरूले अहिले सत्तामा पुगेपछि तिनै जनतालाई सडकमा पुर्याउन लागेको भन्दै विज्ञप्तिमा आक्रोश पोखिएको छ। सुकुम्बासी बस्तीलाई केवल भोट बैंकको रूपमा प्रयोग गर्ने र सत्ता प्राप्तिपछि गरिब लखेट्ने दोहोरो चरित्र तत्काल बन्द गर्न रेड फोर्सले चेतावनी दिएको छ।
रेड फोर्सले सम्पूर्ण सुकुम्बासी बस्तीका बासिन्दा र पीडित जनतालाई एकजुट हुन आह्वान गर्दै निर्वाचनका बेला आश्वासन दिने नेताहरूलाई खोजेर उनीहरूले नै गरेको ‘छाती थाप्ने’ बाचा पुरा गर्न लगाउनुपर्ने बेला आएको विज्ञप्तिमा उल्लेख छ।
