बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

टुँडिखेलमा प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइयो

बुधबार, बैशाख २ २०८३

काठमाडौँ । प्रथम अन्तर्राष्ट्रिय आरोग्य (वेलनेस) दिवसका अवसरमा आज टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रम आयोजना गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा सम्पन्न कार्यक्रममा सभामुख, पर्यटनमन्त्री तथा विभिन्न सरकारी निकाय र संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

नेपालको अगुवाइमा सुरु गरिएको यो दिवस यसै वर्षदेखि विश्वका विभिन्न देशमा मनाउन थालिएको हो। समग्र स्वास्थ्य, सुख र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यसहित संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवसका रूपमा घोषणा गरेको हो।

नेपालले अघि सारेको प्रस्तावलाई महासभाले गत फागुन २६ गते अनुमोदन गरेको थियो।

यस दिवसले स्वस्थ जीवनशैली अपनाउन, रोग निवारणमा जोड दिन तथा समग्र आरोग्य प्रवर्द्धन गर्न विश्वव्यापी रूपमा जनचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।