शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सुनचाँदीको मूल्य घट्यो

बिहिबार, चैत्र २६ २०८२

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ। सुन प्रतितोला रु ४,३०० र चाँदी तोलामा रु १५० ले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घ का अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु २,९४,७०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मूल्य रु ४,८७५ रहेको छ।

हिजो बुधबार छापावाल सुनको मूल्य रु २,९९,००० र चाँदी रु ५,०२५ कायम थियो। गत मङ्गलबार सुन प्रतितोला रु २,९१,८०० र चाँदी रु ४,८२० मा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजार अनुसार आज सुनको एक औँस अमेरिकी डलरमा ४,७१३ र चाँदीको मूल्य ७३ डलरमा कारोबार भइरहेको छ।