काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्या आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरी को केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार षडानन्द नगरपालिका–१४ बेखम्चाका २१ वर्षीय सुनिल राई, ४४ वर्षीय चन्द्रकुमार राई, २७ वर्षीय सुरज राई र २६ वर्षीय राजेश दर्जीलाई बुधबार नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार तामाङलाई कुटपिट गरी हत्या गरिएको भन्ने स्थानीय सूचनाका आधारमा प्रहरी चौकी बोयाँ बाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।