काठमाडौँ । सार्वजनिक स्थानमा एक वृद्धमाथि कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
सामाजिक सञ्जालमा काठमाडौंको वसन्तपुर क्षेत्रमा वृद्धलाई कुटपिट गरिएको भिडियो सार्वजनिक भएपछि प्रहरीले घटनाबारे छानबिन अघि बढाएको थियो। सोही क्रममा कुटपिटमा संलग्न चन्द्रागिरी नगरपालिका–थानकोटका ४४ वर्षीय प्रकाश क्षेत्रीलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहारसम्बन्धी कसूरमा पाँच दिनको म्याद थप अनुमति लिइएको छ। पक्राउ परेका क्षेत्रीमाथि प्रहरी वृत्त जनसेवाबाट थप अनुसन्धान भइरहेको जनाइएको छ।