शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

रमेश लेखकलाई २ दिन म्याद थप, प्रहरीले मागेको थियो १० दिन थुना राख्ने अनुमति

बिहिबार, चैत्र १९ २०८२

काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको अभियोगमा पक्राउ परेका पूर्व गृहमन्त्री रमेश लेखकलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

प्रहरीले १० दिन म्याद थपको अनुमति मागेकोमा अदालतले २ दिनमात्र दिएको हो ।

लेखक पक्षका वकिलहरुले इजलासमा बहसका क्रममा उनको बयान लिने काम सकिएको, भागेर जाने अवस्था नरहेको र सिडिओ तथा प्रहरीले गर्ने नियमित काममा गृहमन्त्रीको कानूनी कुनै भूमिका नरहने तर्क गर्दै म्याद थप्न आवश्यक नरहेको जिकिर गरेका थिए ।