बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

सात मिनेट मात्रै बोल्न दिने भन्ने खबर आयो, १ घण्टा ७ मिनेट बोल्न मन छ : हर्क साम्पाङ

बिहिबार, चैत्र १९ २०८२

काठमाडाैं । श्रम संस्कृति पार्टी का अध्यक्ष एवं प्रतिनिधि सभा सांसद हर्क साम्पाङले संसद बैठकमा बोल्न कम समय दिइएको भन्दै असन्तुष्टि जनाएका छन्।

आज दिउँसो २ बजे बस्ने प्रतिनिधि सभा बैठकमा शीर्ष नेता बोल्ने कार्यक्रम तय गरिएको छ। साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “सात मिनेट मात्रै बोल्न दिने भन्ने खबर आयो, तर सात मिनेट होइन, १ घण्टा ७ मिनेट बोल्न मन छ।”

उनले देशको स्वाधीनता, सम्प्रभुता, नेपाली जनताको पीर–व्यथा र विकासको आकांक्षालाई लिएर धेरै समय संसदमा बोल्न चाहेको पनि बताएका छन्।

संसदमा प्राय: १ घन्टा समय छुट्टाएर दलदेखि स्वतन्त्र सांसदसम्मलाई दलीय हैसियतअनुसार बोल्न अवसर दिइन्छ। संघीय संसद सचिवालयको बुधबारको छलफलमा पनि सांसद आरेन राईले बोल्ने समय पर्याप्त दिनुपर्ने कुरा उठाएका थिए।