बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

भारत आउन लागेको इरानको विमान अमेरिकी हमलामा क्षतिग्रस्त

मंगलबार, चैत्र १७ २०८२

एजेन्सी । इरानबाट भारतको राजधानी नयाँदिल्लीतर्फ उडान गर्ने तयारीमा रहेको एक विमान अमेरिकी हवाई हमलामा परी क्षतिग्रस्त भएको छ।

सोमबार महान एयरलाइन्सको उक्त विमान मशहद विमानस्थलमा पार्क गरेर राखिएको अवस्थामा हमलामा परेको हो। विमानमा औषधि तथा अन्य अत्यावश्यक राहत सामग्री ल्याएर भारत आउने तयारी भइरहेको बताइएको छ।

अमेरिका–इजरायल र इरानबीच जारी युद्ध आज ३१औँ दिनमा प्रवेश गरेको छ। द्वन्द्व थप चर्किंदै गएको छ भने तनाव कम हुने कुनै संकेत हालसम्म देखिएको छैन।