शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

उपचारपछि देउवा सिंगापुरबाट हङकङ गए

आइतबार, चैत्र ८ २०८२

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरबाट हङकङ प्रस्थान गरेका छन् ।

प्रतिनिधि सभाको पूर्वसन्ध्यामा उपचारका लागि सिंगापुर गएका देउवाले त्यहाँ नियमित स्वास्थ्य परीक्षण तथा उपचार सम्पन्न गरेपछि थप उपचार र पारिवारिक कार्यक्रममा सहभागी हुन हङकङ गएका छन् ।

उनको सचिवालयका अनुसार हङकङमा निर्धारित कार्यक्रम सकेपछि देउवा स्वदेश फर्किने कार्यक्रम रहेको छ।

देउवा फागुन १३ गते उपचारका लागि सिंगापुर प्रस्थान गरेका थिए । अब केही समय हङकङमा बस्ने कार्यक्रम रहेको जनाइएको छ।