शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सिकारीको गोली लाग्दा नुवाकोटमा एक महिला गम्भीर घाइते

शुक्रबार, चैत्र ६ २०८२

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–३, दियाले मा घाँस काट्न गएकी ४१ वर्षीय कान्छिमाया तामाङ सिकारीले हानेको गोली लागेर गम्भीर घाइते भएकी छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विपिन रेग्मी का अनुसार गोली छातीमा लाग्दा उनकी अवस्था गम्भीर छ। घटनापछि उनलाई उद्धार गरेर उपचारका लागि काठमाडौँ लगिएको थियो।

हाल उनी ह्याम्स अस्पताल, धुमबाराहीमा उपचाररत छिन्। प्रारम्भिक अनुसन्धानले घटनास्थलमा १७–१८ स्थानीय मानिसहरू मिलेर बस्ती नजिकैको जंगलमा सिकारमा गएको र सोही क्रममा घटना भएको पत्ता लागेको छ।

प्रहरीले घटनामा प्रयोग भएको दुई थान भरुवा बन्दुक र मृगको मासु बरामद गरेको छ।