शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

शुक्रबार, चैत्र ६ २०८२

काठमाडौँ । नेपाली कांग्रेस को केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो बस्ने भएको छ।

बैठक वीपी स्मृति भवन, सानेपा, ललितपुर मा दिउँसो १ बजे सुरु हुने छ। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल का अनुसार बैठकमा सभापति गगनकुमार थापाले दिएको राजीनामा, आगामी नियमित महाधिवेशन, निर्वाचन समीक्षा र भावी रणनीतिसम्बन्धी विषयमा छलफल हुनेछ।

पार्टीले बैठकमा सहभागी हुनका लागि सबै पदाधिकारी, सदस्य र सातै प्रदेशका सभापतिलाई निर्देशन अनुसार उपस्थित हुन अनुरोध गरेको छ।