शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

लागुऔषधसहित देशभरबाट २६ जना पक्राउ

शुक्रबार, चैत्र ६ २०८२

काठमाडौँ  । नियमित गस्तीमा खटिएको प्रहरी टोलीले लागुऔषधसहित देशका विभिन्न स्थानबाट २६ जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरी को केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बैङ्ककबाट नेपाल एयरलाइन्स को विमानमार्फत नेपाल आएका एक भारतीय नागरिकलाई पाँच किलो गाँजासहित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन कक्षबाट पक्राउ गरिएको हो ।

त्यसैगरी, काठमाडौँ महानगरपालिका–३२ नरेफाँटबाट एक जना र नागार्जुन नगरपालिका–६ शरणपुरचोकबाट ७३ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् ।

यस्तै, उर्लाबारी नगरपालिका–७ बरगाछीबाट एक जना, विदुर नगरपालिका–१ त्रिशूलीबाट पाँच जना र पोखरा महानगरपालिका–२७ सैनिकबस्तीबाट एक जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

यसैक्रममा कोहलपुर नगरपालिका–१५ अक्कलघरुबाट खैरो हेरोइनसहित आठ जना, सोही नगरपालिकाको ढोरपुरबाट एक जना, वीरेन्द्रनगर नगरपालिका–१२ बाट एक जना तथा घोराही उपमहानगरपालिका–१८ गाउँबेँसी टोलबाट पाँच जनालाई पक्राउ गरिएको छ ।

प्रहरीका अनुसार ती सबैलाई बुधबार र बिहीबार विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो ।