शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

कैलालीमा श्रीमतीको हत्या गरेपछि पतिले गरे आत्मघाती प्रयास

बिहिबार, चैत्र ५ २०८२

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४, अमलेशैनीमा एक युवकले आफ्नी श्रीमतीको हत्या गरेका छन्। अन्दाजी ३१ वर्षीय रामबहादुर मगरले जंगलमा बाख्रा चराउन जाँदै गर्दा २८ वर्षीया संजिता मगरको हत्या गरेका हुन्।

कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनालेका अनुसार, विवादका क्रममा रामबहादुरले आफूसँग भएको भरुवा बन्दुकबाट श्रीमतीलाई गोली हानी हत्या गरेका थिए।

हत्यापछि रामबहादुरले सोही बन्दुक प्रयोग गरी आत्महत्या प्रयास पनि गरेका थिए। घाइते उनलाई अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

मृतक संजिताको शव घटनास्थलमै रहेको र माइती पक्षको उपस्थितिमा पोस्टमार्टमका लागि उठाइने प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।