गण्डकी । जिल्ला प्रशासन कार्यालय कास्कीले दोहोरो नागरिकता लिएको अभियोगमा एक जनालाई नियन्त्रणमा लिएको छ।
तत्कालीन रूकुमबाट २०४७ फागुन २९ गते नेपाली नागरिकताको प्रमाणपत्र लिएका जितबहादुर पुनका छोरा हीराधन पुनलाई नियन्त्रणमा लिइएको हो।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार उनले आफ्नो वास्तविक नाम, थर, जन्म मिति, जन्म स्थान, स्थायी ठेगाना तथा बाबुको नामसमेत फरक विवरण पेश गरी २०५८ वैशाख २० गते जिल्ला प्रशासन कार्यालय कास्कीबाट पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
उक्त व्यक्तिलाई नियन्त्रणमा लिई दोहोरो नागरिकता सम्बन्धी कसुरमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा पठाइएको प्रशासनले जनाएको छ।