काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्ने भएको छ।
पितृ शोकमा रहेका अध्यक्ष ओली निवास गुण्डुमा बैठक बस्ने बताइएको छ। अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा हिजो शुक्रबार निधन भएको थियो ।
बैठकमा समसामयिक राजनीतिक विषय, हालै सम्पन्न निर्वाचनपछिको परिस्थितिलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ।