शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

धरानमा हत्या अभियोगमा एक पक्राउ, चोरी मुद्दाका फरार प्रतिवादी पनि पक्राउ

शुक्रबार, फाल्गुन २९ २०८२

काठमाडौं। धरान उपमहानगरपालिका–५ देउरालीका ७२ वर्षीय सुरेन श्रेष्ठ को हत्या अभियोगमा उपमहानगरपालिका–१५ का भरत विक पक्राउ परेका छन्।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार आपसी वादविवादको क्रममा भरतले सुरेन श्रेष्ठलाई कुटपिट गर्दा गम्भीर घाइते बनाएका थिए। उनलाई तत्काल बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मा भर्ना गरिएको थियो। उपचारका क्रममा मृत्यु भएको खबर प्राप्त हुनासाथ बिहीबार उनलाई पक्राउ गरिएको हो।

त्यसैगरी, चोरी मुद्दाका फरार प्रतिवादी पूर्णबहादुर लामिछाने लाई पनि पक्राउ गरिएको छ। उनी पुतलीबजार नगरपालिका–१४ सतौका ३८ वर्षीय हुन्। फरार प्रतिवादीलाई फैसला कार्यान्वयनका लागि बिहीबार जिल्ला अदालतमा पेश गरिएको जानकारी प्रहरी समाचारकक्षले दिएको छ।