शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

ग्रीस पठाइदिन्छु भन्दै २५ लाख ठगेको आरोपमा एक जना पक्राउ

बिहिबार, फाल्गुन २८ २०८२

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार मोरङको पथरी शनिश्चरे नगरपालिका–३ स्थायी बासिन्दा २२ वर्षीय सम्योग राईलाई प्रहरीले पक्राउ गरेको हो।

राईले ग्रीस पठाइदिन्छु भन्दै तीन जना पीडितबाट करिब २५ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरी परेको थियो। उक्त उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका–१३ बाट पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका राईमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।