काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेर छापावाल सुनको मूल्य तीन लाख १९ हजार रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य भने प्रतितोला पाँच हजार ७२० रुपैयाँमै स्थिर रहेको महासङ्घले जनाएको छ।
हिजो मङ्गलबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १७ हजार रुपैयाँ रहेको थियो भने चाँदीको मूल्य पनि पाँच हजार ७२० रुपैयाँ नै थियो। सोमबार भने एक तोला सुन तीन लाख १३ हजार २०० रुपैयाँ र चाँदी पाँच हजार ४१० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २१० अमेरिकी डलर र चाँदी ८९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।