बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

अदालती विवादबीच आयोगको पत्रपछि धनुषा–१ मा मातृका यादव विजयी घोषणा

मंगलबार, फाल्गुन २६ २०८२

धनुषा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा धनुषा–१बाट नेपाली कम्युनिष्ट पार्टीका मातृकाप्रसाद यादव निर्वाचित भएका छन् ।

निर्वाचन आयोगका अनुसार यादवले १० हजार ४२८ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामपलटन साहले ९ हजार ४८५ मत प्राप्त गरे भने नेकपा एमालेका रामचन्द्र मण्डलले ९ हजार २२० मत ल्याउनुभएको आयोगले जनाएको छ।

यसअघि उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कालोसूचीमा रहेको उल्लेख गर्दै आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो। सो निर्णयविरुद्ध साहले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

सर्वोच्च अदालतले उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै आगामी फागुन २९ गते दुवै पक्षलाई छलफलका लागि उपस्थित हुन आदेश दिएको छ।

यसैबीच आयोगको सोमबार बसेको बैठकले निर्वाचन अधिकृतको कार्यालयलाई मतपरिणाम सार्वजनिक गर्न निर्देशन दिएपछि यादवलाई औपचारिक रूपमा विजेता घोषणा गरिएको आयोगले जनाएको छ।