बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

बूढानीलकण्ठमा पुरुष मृतावस्थामा फेला

सोमबार, फाल्गुन २५ २०८२

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१०, कपन बालुवाखानी नगर अस्पताल नजिक झ्याङमा एक पुरुष मृतावस्थामा फेला परेका छन्।

हाल उनको नाम, थर र वतन खुलेको छैन, तर अनुमानित उमेर ४० वर्ष रहेको बताइएको छ। केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।

उनका अनुसार, “बूढानीलकण्ठ–१०, कपन बालुवाखानी नगर अस्पताल नजिक झ्याङमा आइतबार मृतावस्थामा फेला परेको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।”