दूतावासहरूलाई उच्च शतर्क रहन र नागरिकको अवस्था निरन्तर अनुगमन गर्न निर्देशन
काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावलाई ध्यानमा राख्दै सरकारले सम्बन्धित देशस्थित नेपाली दूतावासहरूलाई उच्च सतर्कतामा रहन तथा त्यहाँ रहेका नेपाली नागरिकहरूको अवस्थाबारे निरन्तर अनुगमन गर्न निर्देशन दिएको छ ।
आईतवार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको परराष्ट्रमन्त्री बालानन्द शर्माले जानकारी दिए। उनका अनुसार बैठकमा मध्यपूर्वमा जारी द्वन्द्व, त्यसबाट नेपालमा परेको प्रभाव तथा नेपालले अपनाउनुपर्ने कूटनीतिक र सुरक्षा रणनीतिबारे विस्तृत छलफल भएको थियो।
मन्त्री शर्माले खाडी मुलुकमा तनाव बढेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको समस्या समाधान भइसकेको जानकारी दिए। श्रम, पर्यटन र परराष्ट्र मन्त्रालयको समन्वयमा विमानस्थलमा उत्पन्न जटिलता हटाइएको उनले बताए
प्रभावित क्षेत्रका लागि आधिकारिक ट्राभल एडभाइजरीसमेत जारी गरिसकिएको छ। ट्रान्जिटमा परेका नेपाली कामदार तथा उपचारका लागि गएका बिरामीहरूलाई परेको असुविधा समाधान गर्न सम्बन्धित देशस्थित नेपाली राजदूतावासहरूसँग समन्वय गरी गन्तव्यसम्म पु¥याउने व्यवस्था मिलाइएको मन्त्री शर्माको भनाइ छ। गन्तव्यसम्म जान नसक्ने अवस्थाका नागरिकहरूको हेरचाह सम्बन्धित कम्पनीमार्फत सुनिश्चित गरिएको पनि उनले स्पष्ट पारे।
मन्त्री शर्माले हालसम्म मध्यपूर्वमा रहेका नेपाली नागरिकमध्ये कसैको पनि हताहत नभएको र उनीहरूको सुरक्षाका लागि आवश्यक प्रबन्ध मिलाइसकिएको जानकारी गराए।