झापा । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीको चुनावी नतिजा देशको जित–हारसँग जोडिएको बताएका छन्।
आइतबार झापा–५ मा आयोजित एक कार्यक्रममा बोल्दै भट्टराईले ओलीको विजय वा पराजय एमालेसँग मात्र सम्बन्धित विषय नभएको दाबी गरे। “केपी विजय वा पराजय देशको विजय वा पराजयसँग जोडिएको छ,” उनले भने, “यो नेपाली राष्ट्रियता र स्वाभिमानसँग जोडिएको विषय हो।”
उनले ओली विजयी भए देशको स्वाभिमान र राष्ट्रियतालाई अझ माथि उठाउने दाबी गरे। “हामी नेपाली हुँ भन्ने पहिचानलाई माथि उठाउने कुरा हो,” भट्टराईले भने।
ओली प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा–५ बाट उम्मेदवार रहेका छन्। निर्वाचन नजिकिँदै जाँदा उक्त क्षेत्रमा चुनावी माहोल तीव्र बन्दै गएको छ।