शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सुन–चाँदीको भाउ बढ्याे, कति पुग्याे आज ?

आइतबार, फाल्गुन १७ २०८२

काठमाडौँ । नेपाली बजारमा आज (आइतबार) सुन र चाँदीको भाउमा वृद्धि देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ**का अनुसार आज सुन प्रतितोला ३,२०,५०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रवार सुन प्रतितोला ३,१४,९०० रुपैयाँमा कारोबार भइरहेको थियो। यसरी आजको दिनमा सुनको भाउ प्रतितोला ५,६०० रुपैयाँले वृद्धि भएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। शुक्रवार प्रतितोला ५,७४० रुपैयाँमा कारोबार भएको चाँदी आज ५,९८५ रुपैयाँमा पुगेको छ। यसरी चाँदीको भाउ प्रतितोला २४५ रुपैयाँले वृद्धि भएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ५,२७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ। यो वृद्धि नेपाली बजारमा सुन–चाँदीको मूल्य उकालोमा रहेको संकेत हो।