काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश सञ्चालन कुनै एक व्यक्तिको भूमिकामात्र नभई सशक्त टिमको सामूहिक प्रयासबाट सम्भव हुने बताएका छन्।
पश्चिमनवलपरासीमा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, “प्रधानमन्त्री बन्नु कुनै फिल्मको हिरो बन्नुजस्तो होइन, देश विकासका लागि सिंगो टिम आवश्यक पर्छ। एउटा हिरोका कारण फिल्म चल्ला तर देश चल्दैन।”
शर्माले वर्तमान संकट समाधान गर्न कांग्रेस सक्षम रहेको दाबी गर्दै योग्य र विज्ञहरूको ‘उत्कृष्ट टिम’सहित सरकारको नेतृत्व गर्ने जिकिर गरे।
उनले गगन कुमार थापा प्रधानमन्त्री बन्दैमा मात्र देश बन्ने दाबी कांग्रेसले नगर्ने स्पष्ट पारे। “उनको नेतृत्वमा योग्य र विज्ञलाई जोडेर, शेरबहादुर देउवालगायत शीर्ष नेताको मार्गदर्शनमा बदलिएको कांग्रेस टिमले सरकारको नेतृत्व गर्छ,” उनले भने।