काठमाडौं । सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज एकैदिन सुन तोलामा ५ हजार ६ सय रुपैयाँले बढेको हो । आज सुनको मूल्य ३ लाख १० हजार ३ सय रुपैयाँ कायम भएको छ ।
शुक्रबार प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ३२५ रुपैयाँले बढेर ५ हजार ४२५ रुपैयाँ कायम भएको छ ।
गत शुक्रबार चाँदी ५ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।