काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्य आज पनि बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला सुनको मूल्य तीन लाख पाँच हजार पाँच सय रुपैयाँ कायम भएको छ भने एक तोला चाँदी पाँच हजार दुई सय चालीस रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि सोमबार प्रतितोला सुन तीन लाख चार हजार छ सय रुपैयाँमा खरिदबिक्री भएको थियो भने चाँदीको मूल्य प्रतितोला पाँच हजार दुई सय पचास रुपैयाँ रहेको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २९ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतिऔँस ८१ अमेरिकी डलर पुगेको छ।