काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य पुनः वृद्धि भएको छ। शुक्रबारको तुलनामा आज दुवै बहुमूल्य धातुको मूल्य बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख ५०० कायम भएको छ भने चाँदी प्रतितोला रु पाँच हजार १० मा कारोबार भइरहेको छ।
यसअघि शुक्रबार एक तोला छापावाल सुन रु दुई लाख ९१ हजार र चाँदी रु चार हजार ७१० मा कारोबार भएको थियो। बिहीबार सुनको मूल्य प्रतितोला रु दुई लाख ९५ हजार २०० र चाँदी रु चार हजार ९८० थियो।
यसैगरी, गत बुधबार एक तोला छापावाल सुन रु तीन लाख चार हजार ७०० र चाँदी रु पाँच हजार ६०० मा कारोबार भएको थियो भने मङ्गलबार सुन रु दुई लाख ९० हजार ३०० र चाँदी रु पाँच हजार ३३५ मा किनबेच भएको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ४६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस ७७ अमेरिकी डलरमा किनबेच भइरहेको छ।