शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

यस्तो छ आज कालीमाटीमा तरकारी तथा फलफूलको थोक मूल्य

शुक्रबार, माघ १६ २०८२

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) रु ३२, सानो (टनेल) रु ४५, सानो (भारतीय) रु ३५ र सानो (तराई) रु ४५ कायम गरिएको छ । आलु रातो प्रतिकिलो रु २८, आलु रातो (भारतीय) रु २५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४२ रहेको छ ।

त्यस्तै, गाजर (लोकल) प्रतिकिलो रु ५०, गाजर (तराई) रु ४५, बन्दा (लोकल) रु ७०, बन्दा (तराई/नरिबल) रु ५०, काउली (स्थानीय) रु ५५, काउली (ज्यापू) रु ८०, काउली (तराई) रु ५५, रातो मूला रु ३५, सेतो मूला (लोकल) रु १५, सेतो मूला (हाइब्रिड) रु २०, भन्टा (लाम्चो) रु ६० र भन्टा (डल्लो) रु ७० तोकिएको छ ।

यसैगरी, मटरकोसा रु ७०, घिउ सिमी (लोकल) रु १२०, हाइब्रिड रु १००, राजमा रु १३०, टाटे सिमी रु १००, तिते करेला रु १९०, लौका रु ८०, परबर (तराई) रु २४०, फर्सी पाकेको रु ५०, हरियो फर्सी (लाम्चो) रु ३०, डल्लो रु ३५, सलगम रु ६०, भिन्डी रु १३०, सखरखण्ड रु ७०, बरेला रु ५५, पिँडालु रु ६५ र स्कुस रु ८० कायम गरिएको छ ।

सागसब्जीअन्तर्गत रायोसाग रु ३०, पालुङ्गो रु ६०, चमसुर रु ६०, मेथी रु ९०, हरियो प्याज रु ६०, बकुला रु ९०, तरुल रु ७०, च्याउ (कन्य) रु १००, डल्ले च्याउ रु ३५०, राजा च्याउ रु ३०० र सिताके च्याउ रु १,००० प्रतिकिलो निर्धारण गरिएको छ ।

त्यस्तै, ब्रोकाउली रु ६०, चुकुन्दर रु ७०, सजीवन रु २२०, रातो बन्दा रु १३०, जिरीको साग रु ९०, ग्याठकोभी रु ७०, सेलरी रु २००, पार्सले रु ६००, सौफको साग रु ९०, पुदिना रु ३५०, गान्टे मुला रु ६०, इमली रु १८०, तामा रु १२०, तोफु रु १५०, गुन्द्रुक रु ३५० र रूखटमाटर रु २५० प्रतिकिलो तोकिएको छ ।

फलफूलतर्फ स्याउ (फुजी) प्रतिकिलो रु ३३०, केरा (दर्जन) रु १६०, अनार रु ३५०, सुन्तला (नेपाली) रु १८०, तरबुजा रु ९०, मौसम रु १३०, जुनार रु १३०, भुइँकटहर प्रतिगोटा रु १५५, काँक्रो (लोकल) रु ६५, हाइब्रिड रु ५०, निबुवा रु ११०, नास्पाती (चाइनिज) रु २५०, मेवा (नेपाली) रु ७०, मेवा (भारतीय) रु ११०, लप्सी रु १२०, किनु रु १३०, स्ट्रबेरी रु ५५०, किबी रु २६० र एभोकाडो रु ३५० कायम गरिएको छ ।

मसलातर्फ अमला रु १००, अदुवा रु १२०, सुकेको खुर्सानी रु ४२०, हरियो खुर्सानी रु १३०, बुलेट रु १५०, माछे रु ९०, अकबरे रु ६००, भेडे खुर्सानी रु ८०, हरियो लसुन रु ७०, हरियो धनियाँ रु ६०, लसुन सुकेको (चाइनिज) रु २२०, छ्यापी सुकेको रु १६०, छ्यापी हरियो रु २०० निर्धारण गरिएको छ ।

यसैगरी, सुकेको माछा प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) रु ३४०, बचुवा रु २८० र छडी रु २५० कायम गरिएको छ ।