शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

मुलपानीमा लुटेरा नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, एक जना घाइते

बिहिबार, माघ १५ २०८२

काठमाडौं । काठमाडौंको मुलपानी क्षेत्रमा लुटेरा समूहलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको छ ।

बुधबार राति मोटरसाइकलमा आएर लुटपाट गर्दै आएका समूहका सदस्यलाई पक्राउ गर्ने क्रममा प्रहरीमाथि आक्रमण भएपछि गोली चलाउनु परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक (डिएसपी) कौशल बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार काठमाडौंका विभिन्न स्थानबाट लुटपाटमा संलग्न १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये दुई जनालाई मुलपानीमा नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि आक्रमण भएपछि प्रहरीले गोली चलाएको हो ।

गोली लागेर एक जनाको खुट्टामा चोट लागेको छ । घाइते व्यक्तिको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

डिएसपी बुढाथोकीका अनुसार मोटरसाइकल प्रयोग गरेर लुटपाट गर्ने व्यक्तिहरू पक्राउ परेका हुन् । १० जना एउटै समूहका हुन् वा फरक–फरक समूहका भन्नेबारे प्रहरीले थप स्क्रिनिङ तथा अनुसन्धान गरिरहेको छ ।