काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। शुक्रबारको तुलनामा आज प्रतितोला सुन रु दुई हजार ४०० र चाँदी रु दुई सय ९० ले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख तीन हजार ८०० कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु छ हजार ४८० पुगेको छ।
यसअघि गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख एक हजार ४०० र चाँदीको मूल्य रु छ हजार १९० रहेको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार ९८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने सेतो धातु (चाँदी) प्रतिऔँस १०३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।