काठमाडौं । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पदबाट राजीनामा दिएकी छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्नका लागि उनले महानगर प्रमुख पदबाट राजीनामा दिनुभएको हो ।
नेपाल कम्युनिष्ट पार्टीले रेनु दाहाललाई चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ ।