शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

पेट्रोलियम पदार्थको मूल्य घट्यो

शुक्रबार, माघ २ २०८२

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ।

निगमका अनुसार गत राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाइएको छ। यस्तै, डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर एक रुपैयाँले घटाइएको छ।

नयाँ मूल्यसूचीअनुसार अब पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १३६ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ।

इन्डियन आयल कर्पोरेसनबाट माघ १ गते प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यका आधारमा निगम सञ्चालक समितिले मूल्य समायोजन गरेको हो।