शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

ओलीको इलाकामा बालेनको इन्ट्रि

बुधबार, पुष ३० २०८२

काठमाडौं । राजनीतिमा फरक प्रकारको सन्देश दिनेगरी परिवर्तनको सम्भावनाको खाका देखिएको छ। खासगरी आगामी चुनावले यस्तो खाका देखाउने लगभग निश्चित भएको छ।

०७९ को स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकामा मेयरमा निर्वाचित भएर राजनीतिमा नै नयाँ तरङ्गसहितको काया ल्याएका मेयर बालेन शाहको संसदीय चुनावी राजनीतिको उडान ९टेकअफ०को निधो भएको छ।

उनले मेयर पदको जिम्मेवारीबाट माघ ४ मा राजीनामा गरी संसदीय राजनीतिका निम्ति राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को कार्यक्रममा सक्रियता देखाउने पक्कापक्की भएको हो।

बालेनले २१ फागुनमा हुने मध्यावधि निर्वाचनमा भने काठमाडौंबाट उम्मेदवारी दिने छैनन्। उनले जेनजी विद्रोहका कारण २४ भदौमा प्रधानमन्त्री पदबाट अपदस्त भई सैनिक सुरक्षामा पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग झापा–५ मा निर्वाचनमा प्रतिस्पर्धा गर्ने पनि निधो भएको छ।

झापाका रास्वपाका नेता तथा कार्यकर्तासँग बालेनले आइतबार दिउँसो भेट गरेपछि यो निधो गरेका थिए। आइतबार राती नै उनले सांकेतिक रुपमा भनेका थिए,‘शुभकामना सबैलाई हामी आउँदैछौं।’

मेयरमा जित निकाल्दा पनि बालेनले आफ्नो चुनावी अभियानमा कुनै काल्पनिक सपना बाँडेनन्। उनले विशेष गरी तीनवटा क्षेत्रमा जोड दिएका थिए।

शिक्षा र स्वास्थ्य, फोहोर व्यवस्थापन अनि कला र संस्कृति सुरक्षामा जोड दिएका उनी रास्वपाका प्रधानमन्त्रीका उम्मेदवार पनि हुन्। उनको यस पटकको एजेन्डा पुरानासहित भ्रष्टाचारशून्य प्रशासनयन्त्र र मध्यम आय भएको मुलुक निर्माण हुनेछ।

उनको इन्जिनियरिङ माइन्डसेटले मानिसहरूलाई यो विश्वास दिलायो कि उनीसँग समस्या मात्र होइन, समाधान पनि छ भन्ने उदाहरण दिइसकेको छ।

बालेनको जितले नेपालभर एउटा सन्देश दिएको थियो कि अब राजनीति गर्न कुनै दलको झन्डा बोक्नै पर्छ भन्ने छैन। उनले ६१ हजारभन्दा बढी मत प्राप्त गर्दै विजयको झन्डा गाडेका थिए।

युवालाई राजनीतिको केन्द्रमा आउन प्रेरित हुनेगरी चुनावी मैदानमा उत्रिएका बालेनको यस पटकको संसदीय निर्वाचन यात्रामा भने पुस्तान्तरणको सन्देश दिनु समेत हुनेछ। यसैकारण उनले झापा–५ बाट एमाले अध्यक्ष ओलीसँगै प्रतिस्पर्धाको निधो गरेको बताइन्छ।

‘राजनीतिमा युवाको स्थान मात्र होइन, मौका दिए महानगरमा ल्याएको विकास र सुन्दरता अनि भ्रष्टाचारशुन्य प्रशासनयन्त्र देशमा बनाउन सकिन्छ भन्ने सन्देश समेत दिने हो’, बालेननिकट उच्च स्रोतले भन्यो,‘र, यो असम्भव छैन भन्ने कार्यान्वयन गर्ने मौका खोज्दै झापाका जनतासँग परिवर्तनको मनकारी मतदानको अपील हुनेछ।’

झापा–५ मा ओलीलाई पराजित गरी भ्रष्टतन्त्रको खलनायकलाई राज्य सत्ता र अस्थिर सरकार बनाउनमा रोक लगाउने प्रयत्नमा बालेन लागेका छन्। र, झापामा गहिरो मिहेनत गरिने बताइएको छ।