शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

देउवा विशेष महाधिवेशनमा उपस्थित हुनेबारे सचिवालयले के भन्याे ?

सोमबार, पुष २८ २०८२

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा विशेष महाधिवेशनमा नजाने भएका छन्।

सभापति देउवाका स्वकीय सचिव भानु देउवाले सामाजिक सञ्जालमा भ्रम फैलाउने उद्देश्यले देउवा भृकुटीमण्डप जाने भन्ने गलत सूचना प्रवाह भएको भन्दै पार्टीको सचिवालयको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराए। “उक्त कार्यक्रममा पार्टी सभापति जाने कुनै पनि कार्यक्रम छैन,” उनले स्पष्ट गरे।

कांग्रेस विशेष महाधिवेशनको उद्घाटनमा बोल्ने वक्ताहरूले सभापति देउवालाई बन्द सत्रमा उपस्थित हुन आग्रह गरेका थिए।