काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा एमालेसँग मतभारअनुसार सहमति नसकेपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले एक्लै चुनावमा जाने निर्णय गरेको छ। सो निर्णयसँगै नेकपाले टिकट वितरण प्रक्रिया सुरु गरेको छ र अधिकांश उम्मेदवारको टुंगो पनि लगाइसकेको छ।
नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार, कांग्रेस–एमालेले सहमति गर्न अस्वीकार गरेपछि पार्टीले स्वतन्त्र रूपमा चुनावमा जाने रणनीति अपनाएको हो।
नेकपाका प्रदेशगत उम्मेदवारहरू यस प्रकार छन्:
कोशी प्रदेश
-
खेमराज सुन्दास
-
दामोदर घिमिरे
-
नमिता न्यौपाने
मधेश प्रदेश
-
रामनन्दन प्रसाद
-
लक्ष्मण पौडेल
-
शम्भु पासवान
बागमती प्रदेश
-
प्रेम प्रसाद सापकोटा
गण्डकी प्रदेश
-
कपिल लामा
लुम्बिनी प्रदेश
-
दुर्गा भण्डारी
-
बृहस्पति अधिकारी
कर्णाली प्रदेश
-
बुद्धिप्रसाद शर्मा
सुदूरपश्चिम प्रदेश
-
टीकाराम जैशी
-
रोजी बस्नेत सुनार
बाकी प्रदेशका उम्मेदवारको टुंगो सम्बन्धित प्रदेश समितिले निर्णय गर्ने नेकपा स्रोतले जानकारी दिएको छ।