काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ को आईसीसी पुरुष टी–२० विश्वकपमा खेल्ने नेपाली राष्ट्रिय टोलीको नयाँ आधिकारिक जर्सी सार्वजनिक गरेको छ। क्यानले विश्वकपको ट्रफीसँगै जर्सी सार्वजनिक गरेको हो।
सार्वजनिक गरिएको जर्सी गाढा निलो रंगको रहेको छ र त्यसमा नेपालको राष्ट्रिय झण्डामा रहेको चन्द्र तथा सूर्य अंकित गरिएको छ।
समर्थकहरूका लागि उक्त जर्सी ७९९ रुपैयाँमा उपलब्ध हुनेछ।