काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. ५ बाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ नेकपा (एमाले)का पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाम एकल रूपमा सिफारिस गरिएको छ।
निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले पोखरेललाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको हो। बैठकले उनी उक्त क्षेत्रका लागि उपयुक्त र सक्षम उम्मेदवार भएको निष्कर्ष निकालेको जनाइएको छ।
काठमाडौं–५ पोखरेलको गृह निर्वाचन क्षेत्र हो, जहाँबाट उनी विगतमा पनि नियमित रूपमा निर्वाचन लड्दै आएका छन्।