काठमाडौं । नेप्सेमा हरियाली छाएको छ । साताको चौंथो कारोबार दिन आज बुधबार नेप्से १० दशमलव ८७ अंकले बढेर २६ सय ३३ दशमलव ७६ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४२ अंकले बढेर चार सय ५६ दशमलव ७३ अंकमा पुगेको छ । तीन सय ४२ वटा कम्पनीहरुको ६३ हजार नौं सय ८१ पटकको कारोबारमा एक करोड १९ लाख ४६ हजार तीन सय ३३ कित्ता शेयर किनबेच भएको छ भने कुल कारोबार रकम पाँच अर्ब १३ करोड ४८ लाख ५० हजार ५२ रुपैयाँ कायम भएको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा सबै समुहहरुको सुचक बढेको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक तीन दशमलव ४६ अंकले बढेर १३ सय ७० दशमलव ६३ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि सात दशमलव ७८ अंकले बढेर ३३ सय ३९ दशमलव ४३ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ६९ दशमलव २३ अंकले बढेर १३ हजार २८ दशमलव ८५ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ४१ दशमलव २९ अंकले बढेर १० हजार नौं सय ९४ दशमलव ८६ अंकमा चढेको छ । बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले बढेका छन्।
नेप्सेमा आज एसवाई प्यानल लिमिटेडले सबैभन्दा बढी कमाउँदा वीन लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । ग्रीन भेञ्चर लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।