बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

आज दोहोरो अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि वृद्धि

बुधबार, पुष १६ २०८२

काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १०।८७ अंकले बढेर २६३३ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १६३ कम्पनीको शेयर मूल्य बढेको छ भने ८९ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको स्थिर रहेको छ । यसदिन ५ अर्ब १३ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले बढेको शेयर बजारमा एसवाइ प्यानल र ङादी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

त्यसैगरी विन नेपाल लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।