काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टी नुवाकोटको बैठकले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दुई संघीय निर्वाचन क्षेत्रबाट उम्मेदवारहरूको नाम सिफारिस गरेको छ।
पार्टीका अनुसार संघीय क्षेत्र नम्बर १ बाट संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा सिफारिस गरिएको छ। यसै क्षेत्रबाट हितबहादुर तामाङको नाम पनि प्रत्यक्षतर्फ सिफारिस गरिएको छ। समानुपातिकतर्फ भने पुष्प लामिछाने, गमला श्रेष्ठ र शिवबहादुर खातीको नाम सिफारिस गरिएको पार्टी स्रोतले जनाएको छ।
संघीय क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ राजेन्द्र लोहनी, हिरानाथ खतिवडा, शुभद्रा नेपाल, राजकुमार रेग्मी र प्रकाश रैला (जेनजी) को नाम सिफारिस गरिएको छ। यस क्षेत्रमा प्रत्यक्षतर्फ महिला तथा युवा प्रतिनिधित्वलाई समेत ध्यानमा राखेर उम्मेदवार चयन गरिएको कार्यदलले जनाएको छ। समानुपातिकतर्फ गोविन्द नेपाली, मिना वाइबा र सुवास तामाङको नाम सिफारिस गरिएको छ।
स्रोतका अनुसार प्रचण्ड यसअघि पनि विभिन्न क्षेत्रबाट उम्मेदवार सिफारिस भइसकेका छन्।