काठमाडौँ । बुधबारको तुलनामा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु २,५३,१०० कायम भएको छ भने एक तोला चाँदीको मूल्य रु ३,८०५ निर्धारण भएको छ।
बुधबार सुनको मूल्य प्रतितोला रु २,५२,१०० र चाँदीको मूल्य रु ३,७५० मा कारोबार भएको थियो।
अन्तरराष्ट्रिय बजार अनुसार आज एक औँस सुनको मूल्य ४,२४२ अमेरिकी डलर र त्यति नै परिमाणको चाँदीको मूल्य ६२ अमेरिकी डलरमा खरिद–बिक्री भइरहेको छ।