शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

मधेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

बुधबार, मंसिर १७ २०८२

काठमाडौं । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा घोषणा गरेका छन् ।

बुधबार बसेको प्रदेशसभा बैठकमा उनले राजीनामाको घोषणा गरेका हुन् ।

विश्वासको मत लिनका लागि आज बिहान साढे ८ बजे नै प्रदेश सभा बैठक बोलाइएको थियो । यद्यपि मुख्यमन्त्री यादव आफैं उपस्थित नभएपछि बैठक स्थगित गरिएको थियो ।

दिउँसो बसेको प्रदेशसभा बैठकमा उनले राजीनामा घोषणा गरेका हुन् ।

मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्च अदालतले सोमबार साँझ परमादेश जारी गरेको थियो ।