काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा देखिएको उतार–चढाव र मागमा आएको परिवर्तनका कारण आज नेपालको आन्तरिक बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु २,५३,३०० मा कारोबार भइरहेको छ। सोमबार सुनको मूल्य रु २,५३,६०० थियो।
चाँदीको भाउ भने वृद्धि भई आज प्रतितोला रु ३,५४५ पुगेको छ, जुन सोमबारको रु ३,५३५ भन्दा महँगो हो।