शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

उज्यालो नेपाल पार्टीले मंसिर १७ गते घोषणा सभा आयोजना गर्ने

शुक्रबार, मंसिर १२ २०८२

काठमाडौं । नवगठित उज्यालो नेपाल पार्टीले घोषणा सभा आयोजना गर्ने भएको छ । आगामी मंसिर १७ गते काठमाडौंको प्रज्ञा भवनमा घोषणा सभा आयोजना गर्ने भएको हो ।

घोषणा सभाको प्रमुख वक्ता ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङ हुनेछन् । घोषणामा सभामा पार्टीको दृष्टि, मूल ध्येय र विस्तृत घोषणा पत्र २०८२ औपचारिक रुपमा सार्वजनिक गर्ने भएको हो ।

सो पार्टीले लोकतान्त्रिक समाजवादलाई अंगिकार गरेर अघि बढ्ने भएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै उज्यालो नेपाल पार्टीका प्रवक्ता डा. राजु थापाले सबै पार्टीको राम्रा पक्षलाई आत्मासात गरेर अघि बढ्ने योजना रहेको बताए।