काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले बढ्दै २ लाख ५० हजार ६०० रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ४८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी चाँदीको मूल्यमा पनि उच्च वृद्धि देखिएको छ। महासंघका अनुसार बिहीबार प्रतितोला ३ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रवार ६५ रुपैयाँ बढेर ३ हजार ३४५ रुपैयाँ कायम भएको छ।