शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

झण्डै सत् प्रतिशतले बढ्यो निर्यात व्यापार

तीन महिनामा ७२ अर्ब ७८ करोडको सामान बिदेश निर्यात

आइतबार, कार्तिक ३० २०८२

काठमाडौं । मुलुकको निर्यात व्यापार झण्डै सत् प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आईतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सम्वन्धी चालु आर्थिक बर्षको पछिल्लो तीन महिना अर्थात असोज मसान्तसम्मको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८२÷८३ को तीन महिनामा कुल वस्तु निर्यात ८९ दशमलव छ प्रतिशतले बढेर ७२ अर्ब ७८ करोड पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा छ दशमलव एक प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः एक सय ३७ दशमलव नौंं प्रतिशत र तीन दशमलव आठ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ६६ दशमलव एक प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा भटमासको तेल, पाम तेल, जुटका सामान, अलैंची, पोलिष्टर धागोलगायतका वस्तुको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा, पिनालगायतका वस्तुको निर्यात घटेको छ।

आर्थिक वर्ष २०८२÷८३ को तीन महिनामा कुल वस्तु आयात १९ दशमलव आठ प्रतिशतले बढेर चार खर्ब ६८ अर्ब ८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा चार दशमलव दुई प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः सात दशमलव पाँच प्रतिशत, ३३ दशमलव चार प्रतिशत र ४६ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको कच्चा तेल, रासायनिक मल, सुन, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, दूरसञ्चारका उपकरणलगायतका वस्तुको आयात बढेको छ भने हट रोल्ड शिट इन क्वाइल, खाने तेल, लसुन, तेलहन, पेट्रोलियम पदार्थलगायतका वस्तुको आयात घटेको छ।

प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८२÷८३ को तीन महिनामा कुल वस्तु व्यापार घाटा १२ दशमलव दुई प्रतिशतले बढेर तीन खर्ब ९५ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा चार प्रतिशतले कमी आएकोे थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १५ दशमलव पाँच प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात नौं दशमलव आठ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ४० अर्ब ७९ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४४ अर्ब १३ करोड बराबरको भएको थियो । वैदेशिक व्यापारको संरचना ज्ञठ। बृहत् आर्थिक वर्गीकरणअनुसार समीक्षा अवधिमा भएको कुल निर्यातमा अन्तिम उपभोग्य, मध्यवर्ती र पुँजीगत वस्तुकोे अनुपात क्रमशः ६९ प्रतिशत, ३० दशमलव चार प्रतिशत र शुन्य दशमलव छ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा अन्तिम उपभोग्य, मध्यवर्ती र पुँजीगत वस्तुको अनुुपात क्रमशः ४७ दशमलव छ प्रतिशत, ५१ दशमलव तीन प्रतिशत र एक दशमलव एक प्रतिशत रहेको थियो।

समीक्षा अवधिमा भएको कुल आयातमा अन्तिम उपभोग्य, मध्यवर्ती र पुँजीगत वस्तुको अनुपात क्रमशः ३८ प्रतिशत, ५३ दशमलव तीन प्रतिशत र आठ दशमलव सात प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरू क्रमशः ४२ दशमलव पाँच प्रतिशत, ४९ प्रतिशत र आठ दशमलव पाँच प्रतिशत रहेको थियो।