शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सुन–चाँदीको मूल्यमा लगातार वृद्धि

मंगलबार, कार्तिक २५ २०८२

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि वृद्धि भएको छ। मंगलबार पनि स्थानीय बजारमा सुनको मूल्य बढेको छ।

आज सुन प्रतितोला चार हजार नौ सय रूपैयाँले बढेको छ। यस दिन सुन दुई लाख ४६ हजार ४ सय रूपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार दुई हजार नौ सय रूपैयाँले बढेपछि दुई लाख ४१ हजार पाँच सय रूपैयाँमा किनबेच भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस चार हजार एक सय ३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

स्थानीय बजारमा मंगलबार चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय पाँच रूपैयाँले मूल्य बढेर चाँदी तीन हजार एक सय ७० रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार चाँदी प्रतितोला ३ हजार ६५ रूपैयाँमा कारोबार भएको थियो।