पर्वत । मोदी गाउँपालिका–६ दराकमा कागारबाट छुटेकै दिन पति विजबहादुर विकले आफ्नी पत्नी सीता विकको हत्या गरेका छन्।
पक्राउ पर्ने ५१ वर्षीय जीतबहादुर विकले ५२ वर्षीया सीतालाई गए राति कुटपिट गरी बेहोस बनाएका थिए। उनलाई प्रदेश अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरीका अनुसार सीताको टाउको र अनुहारमा चोट लागेको थियो।
घटनापछि घरमै रहेकी बुहारी शोभा विकले प्रहरी चौकी देउपुरमा खबर गरेपछि प्रहरी टोली तुरुन्त घटनास्थल पुगेर अभियुक्त जीतबहादुरलाई पक्राउ गरेको थियो। स्थानीयले पनि उनलाई नियन्त्रणमा लिएका थिए।
जानकारीअनुसार, जीतबहादुर वैवाहिक जबर्जस्ती करणीको अभियोगमा कैद भुक्तान गरी सोमबार धरौटीमा छुटेका थिए। धरौटी सीताले नै तिरेर उनलाई छुटाएका थिए। घर पुगेकै दिन साँझ खाना खाइसकेपछि घटना भएको प्रहरीले जनाएको छ।
परिवारमा उनका तीन छोरा रोजगारीको लागि विदेशमा छन्। घरमा बुहारीसहित चार जना बस्दै आएका थिए। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ।