शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सुनको भाउ बढ्यो, चाँदीमा हल्का गिरावट

आइतबार, कार्तिक १६ २०८२

काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको मूल्य फेरि वृद्धि भएको छ। अघिल्लो दिनको तुलनामा आज प्रतितोला ७ सय रुपैयाँले बढ्दै नयाँ मूल्य तोकिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु २ लाख ३९ हजार ७ सय कायम गरिएको छ। अघिल्लो दिन शुक्रबार यो मूल्य रु २ लाख ३९ हजार थियो। यसअघि शुक्रबार पनि तोलामा रु २७ सयले सुनको मूल्य बढेको थियो।

महासंघका अनुसार असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च स्तर रु २ लाख ५८ हजार प्रतितोला पुगेको रेकर्ड रहेको छ।

उता, चाँदीको मूल्य भने घटेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँले घट्दै आज चाँदीको मूल्य रु ३ हजार ५५ कायम गरिएको महासंघले जनाएको छ।