काठमाडौं । नेपाली बजारमा लगातार चार दिनदेखि सुनको मूल्य घट्ने क्रम जारी छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, गत आइतबार प्रतितोला रु ११ हजार ६०० ले घट्दै रु २,४१,९०० कायम भएको सुन सोमबार पुनः रु २ हजारले घटेर रु २,३९,९०० मा झर्यो।
त्यसपछि मंगलबार रु २,९०० घट्दै रु २,३७,००० मा कारोबार भएको सुनको मूल्य आज पुनः रु ७०० घटेर रु २,३६,३०० मा झरेको छ।
यससँगै चार दिनयता सुनको मूल्यमा जम्मा रु १३ हजारभन्दा बढीको गिरावट आएको छ।
यता, चाँदीको मूल्य भने बढेको छ। मंगलबार प्रतितोला रु २,९२० मा कारोबार भएको चाँदी आज रु २,९६५ पुगेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस करिब ३,९६० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।